FAQs Complain Problems

सूचना तथा समाचार

ग्यालरी

खजुरा गाउँपालिका नागरिक आरोग्य सेबा केन्द्र को आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अनतर्गत आयुर्वेद स्वास्थ्य , स्वस्थ जिबनशैली , स्थानिय स्तरमा पाइने medicine plant र योग शिक्षा सम्बन्धि खजुरा गा.पा वडा नं १ को मैटहबा माध्यमिक विद्यालय अध्यनरत कक्षा ९- १२ का बिद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रम समपन्न भएको छ |

मिति: 01/09/2023 - 17:52
, ,

खजुरा गाउँपालिकाको गाउँ सभाको १२ औँ अधिवेशन २०७९|९|२४ गते शुभारम्भ भएको छ | सभाले आ.व २०७९|८० को अर्धवार्षिक समिक्षा, खजुरा गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९,खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९,खजरा गाउँपालिकाको नगर प्रहरी सम्बन्धी ऐन, २०७९,खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ प्रस्तुत भएको थियो | साथै खजुरा गाउँपालिका विभिन्न वडा तथा शाखाका कार्यक्रम,योजना संशोधन भई पारित भएको भने अन्य विषयमा मिति २०७९|९|२९ गते छलफल हुने भएको छ |

मिति: 01/09/2023 - 14:19
, , ,

ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको छ।यो कार्यक्रम सबै वडाहरूमा लागु हुने छ ।

मिति: 01/03/2023 - 12:53

मिति २०७९|९|१३ गते खजुरा गा.पा महिला तथा बालबालिका शाखा को आयोजनामा तथा १ देखि ८ वटा वडा कार्यालयको समन्वयमा ‍महिला विकासका लागि भएका बेजिङ्ग घोषणापत्रका बाह्र वटा प्रतिवद्धता तथा CWEDA राष्ट्र संघका प्रस्तावहरुको बारेमा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ |

मिति: 12/28/2022 - 16:02
, , ,

खजुरा जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा गाउँपालिका !!!

मिति: 12/22/2022 - 10:52

Pages