सूचना तथा समाचार
खजुरा गाउँपालिकाको दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम
खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा मिति २०७५ असार २७ गते दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा खजुरा गाउँपालिकाको अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले गाउँपालिकाको प्रगति, उपलब्धि र चुनौती तथा समस्याहरु प्रस्तुत गर्नु भयो र खजुराको सुन्दर र समृद्ध भविष्य निर्माणको लागि विकासको खाका कोर्न अधिकतम् प्रयास र प्रयत्न गरिने छ भन्ने प्रतिवद्धता जनताहरु समक्ष जाहेर गर्नु भयो |