FAQs Complain Problems

खजुरा गाउँपालिकाको संक्षिप्त परिचय

खजुरा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ। उचाइमा विवधता नभएकोले भौगोलिक रुपमा अनुकूल यो गाउँपालिकामा समुद्र सतहबाट १३० मि. देखि १६४ मि.को उचाईसम्मको मात्र विविधता रहेको छ। १०१.९१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन्।

 तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गा.वि.स. बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, र रनियापुर समेटर ८ वटा वडाहरू कायम गरी यो गाउँपालिका निर्माण गरिएको हो ।  यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.९१ वर्ग किलोमिटर रहेको छ |   गाउँपालिका घरधुरी तथ्याङ्क संकलन, २०८१ अनुसार खजुरा गाउँपालिकाको कुल जनसंख्या ६४९०८ रहेको छ जस मध्य पुरुषको जनसंख्या ३२९२७ , महिला जनसंख्या  ३१९७८ र अन्य ३  जना  रहेका छ र जम्मा परिवार संख्या १५५३० रहेको छ । यस गाउँपालिकाको मुख्य बजार खजुरा १ र खजुरा २ मानिन्छ।

वडा जन प्रतिनिधि

//