FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकामा आ.व २०७५/७६को प्रथम सार्वजनिक सुनवाई सम्पन्न !!!

खजुरा गाउँपालिकाले मिति २०७५/१२/१७ गते खजुराको वडा नं. २ सितापुरमा आ.व को प्रथम सार्वजनिक सुनवाई सम्पन्न गरेको छ | उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपाति र उपअध्यक्ष एक माया बि.क ज्युले पालो पालो गरि यस आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पन्न भएका गतिविधि तथा मुख्य उपब्धिहरुबारे जानकारी गराएका हुन् । यसगरी अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो कार्यकालमा खजुरा नमुना बन्ने उद्घोष गरेका छन् ।
सार्वजनिक सुनवाईमा जनताहरुले मुख्य मुख्य चोक हरुमा सि.सि क्यामरा जडान गर्नु पर्ने, कृषि,पशु,सिचाई सम्बन्धि प्रश्न राखि त्यसको उत्तर अध्यक्षज्युले जानकारी गर्नु भयो |त्यस्तै गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका बिभिन्न स्थानमा सडक, बिजुली, सिचाइँ, सार्वजनिक शौचालय तथा प्रतिक्षालयको समस्या समाधानको लागि वडा स्तरबाट आएको योजनाहरुको आवश्यकताको आधारमा योजनामा समावेश गर्ने, पाँच बर्षभित्रमा पालिकाका मुख्य सडकहरु कालोपत्रे गर्ने, पालिकालाइ खेल केन्द्रको रुपमा विकास गरी राष्ट्रिय स्तरका खेलहरु संचालनका लागि आवश्यक पहल गर्ने पनि प्रतिबद्धता जनाईएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि