सूचना तथा समाचार
जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा खजुरा गाउँपालिका: उपाध्यक्ष मल्ल अनुगमनमा ब्यस्त !!!
खजुरा जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा गाउँपालिका !!!
बाँकेको खजुरा गाउँपालिकाले जनता आवास कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडी बढाएको छ । गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लको नेतृत्वमा अहिले घर घरमा पुगेर अनुगमन सुरु गरिएको हो ।जनता आवास कार्यक्रमका लागि खजुराका २० जनाले फाराम भरेका थिए । फाराम भरेका ब्यक्तिको घरमा पुगेर वास्तविकता बुझ्ने काम गरिएको उपाध्यक्ष मल्लले बताइन् । ‘प्रत्यक्ष रुपमा घरदैलोमा पुगेर वास्तविकता बुझ्ने काम गरेका छौं,’ उनले भनिन् ‘जसले आवेदन फाराम भरेका छन्, तिनीहरुको घरमा पुगेका छौं ।जनता आवास कार्यक्रमका लागि खजुरा गाउँपालिका वडा नम्बर ३ सितापुरको क गाउँमा घरहरु निर्माण गरिएको छ । जनता आवास घरबार बिहिनका लागि घर उपलब्ध गराउने कार्यापालिकाकाे निर्णय अनुसार गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लको संयाेजकमा खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेष,बिस्नु सुनार, पहेसरी पुन,सचिव खजुरा गाउँपालिका याेजना शाखा प्रमुख केशब बुढा रहेका छन।