FAQs Complain Problems

सूचना तथा समाचार

मेलमिलापकर्तालाई ७२ घण्टे प्रशिक्षण दिँदै गाउँपालिका

खजुरा गाउँपालिकाको न्यायिक समितिको सहयोगमा मेलमिलापकर्ताहरुलाई ७२ घण्टे प्रशिक्षण दिई रहेको छ | कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशको रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।फौजदारी मुद्दाबाहेक अन्य मुद्दाहरु गाउँमै समाधान गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुरुप नै मेलमिलापकर्तालाई प्रशिक्षण दिन लागेको न्यायिक समिति संयोजकसमेत रहेकी खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बताइन् ।

विस्तृत जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस |
http://satyapati.com/2018/11/17252…

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि