सूचना तथा समाचार
खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु ।
ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको छ।यो कार्यक्रम सबै वडाहरूमा लागु हुने छ ।
स्थानिय तहको निर्वाचन बि स २०७९ पछी निर्माण भएको स्थानिय सरकारले यस खजुरा गाँउपालिका अन्तर्गत रहेका ८ वटा वडाका सम्पुर्ण ६८ बर्ष पुगेका जेष्ठ नागरीक तथा पुर्ण रुपमा अशक्त व्यतीहरुलाई नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा आएर स्वास्थ्य सेवा लिन परेको अप्ठ्यारोलाइ मध्येनजर गरेर मासिक एक पटक समन्धित व्यतीको घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरी जेष्ठ नागरीक संग अध्यक्ष कार्यक्रम ल्याईएको छ।
यस अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण, रत्त परीक्षण, आँखा, कानको परीक्षण गर्नुको साथै आवश्यक पर्ने औषधीको बितरण र चिनिरोग, उच्चरत्तचाप, दम जस्ता दिर्घरोगीहरुलाई मिल्ने औषधीलाई नियमित रुपमा दिईने व्यवस्था मिलाईएको छ।
यसरी दिईएको सेवाको विवरण लाई अभिलेख राख्नको लागी बिरामी पुर्जा तथा रजिष्टरको व्यवस्था गरीएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले बताउनु भएको । यस सेवालाई प्रदान गर्न हाल ४ जना स्वास्थ्यकर्मिलाई खटाईएको छ। प्रत्येक स्वास्थ्यकर्मीलाई २ वडामा सेवा दिनेगरी खटाईएको छ।
जेष्ठ नागरीक संग अध्यक्ष कार्यक्रममा पार्वती सुनार बार्ड न ०१ र ०२, मनिषा थापा मगर वार्ड नं ०३ र ०४ , करिष्मा रावत वार्न नं ०५ र ०६,चन्दन भण्डारी वार्न नं ०७ र ०८मा खटिएका छन यसबाट खजुरा गाँउपालिकाको अनुमानित २५०० जनाले प्रत्येक्ष सेवा पाउनुहुने अपेक्षा लिईएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिनुभएको छ।
आफ्नो योग्यता, अनुभव, ज्ञान र सीपको प्रयोगद्वारा राज्यका निमित्त आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरिरहेका ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित एवं सुनिश्चित गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्य याे कार्यक्रम लागु गरिएको र याे कार्यक्रम लाइ व्यवस्थित र प्रभावकारी बनाउने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभयो ।
स्थानीय सरकार प्रति जनताको अपेक्षा र चाहनाको अभिवृद्धि संगै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेतर्फ स्थानीय सरकारले विविध कार्यक्रम संचालन गरिरहेको छ ।
खजुरा गाउँपालिकाले जनताका समस्या, विकासका आवश्यकता, भोगिरहेका कठिनाईहरुलाई सहज, सरल र छिटो छरितो प्रभावकारीढंगले संचालन गर्नका लागि आफ्ना नीति तथा कार्यक्रमलाई जनमुखी बनाउदै लगेको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
