सूचना तथा समाचार
खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा !!
बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बिहीबार खजुरामा आयोजना गरिएको घोषणा समारोहमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख विकले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरेका थिए । खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै स्वास्थ्य कार्यालय बाँकेले पालिकालाई प्रमाणपत्र दिएको थियो । कार्यक्रमका स्वास्थ्य कार्यालय बाँकेका खाेप फाेकल पर्सन नरेश बाबु श्रेष्ठले पालिका प्रमुख विकलाई प्रमाणपत्र प्रदान गर्दै बधाई समेत ज्ञापन गरे । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल , प्रमुख प्रशासकीय अर्जुन सुवेदी , वडा अध्यक्ष स्वास्थ्य कार्यालयका बाँकेका प्रतिनिधि , स्वास्थ्य चौकीका प्रमुखहरु सहाभागीता रहेकाे थियो । कार्यक्रममा खजुरा गाउँपालिका पूर्णखोपमा स्वास्थ्यको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख दिपक ढकाले प्रस्तुतिकरण गरेका थिए । स्वास्थ्य शाख प्रमुख दीपक ढकालका अनुसार पूर्ण खोप सुरक्षित भविष्य पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रकृयाहरु पुरा गरि खजुरा गाउँ पालिकामा १६ देखि ५९ महिना सम्मका सबै बाल बालिकाहरु लाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोप दिलाई पुर्ण खोप पाएको सुनिश्चितता दिगोपना गरिएको हुँदा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए ।उहाँका अनुसार खजुरा गाउँपालिकामा एउटा पनि खाेप नलगाएका ४ जना र लगाउदा लगाउदै बिचमै छाेडेका १३१जना रहेको बताए ।