सूचना तथा समाचार
समृद्धिका लागि वन प्रयोजन अन्तर्गत निर्वाचित जनप्रतिनिधिहरुकाे लागि खजुरामा अभिमुखीकरण !!!
बाँकेको खजुरा गाउँपालिकामा वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन परियोजना सुरु भएको छ । वनजन्य उद्योग विकास तथा प्रवदर्द्धनका लागि परियोजना सुरु भएको हो । वनलाई प्राकृतिक,आरक्षित वा संरक्षित, सामुदायिक, सार्वजनिक, निजी र कृषि वनमा विभाजन गरी यो यरियोजना संचालनमा आएको हो । यही परियोजनालाई सफल पार्नका लागि आज खजुरा गाउँपालिकामा समृद्धिका लागी वन परियोजना वन,वातावरण तथा वन उद्यम सम्बन्धी निर्वाचित जनप्रतिनिधिहरूको लागी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष विकले गाउँपालिकामा लागुभएको परियोजना बाट पालिकाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले वनउद्यमको माध्यमबाट गाउँपालिकालाई सम्पन्न बनाउन सकिने सम्भावना रहेको हुँदा याे कार्यक्रम व्यवस्थित तरिकाले अगाडी बढाईने बताउनुभयो । यसै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले परियोजना मार्फत प्रतीफल प्राप्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा गाउँपालिकाका प्रमुख डम्बर बहादुर विक ,उपाध्यक्ष मन्जु मल्ल , खजुरा गाउँपालिका वडा नम्वर दुईका अध्यक्ष धनीराम वली, तिनका अध्यक्ष पुर्ण बहादुर भण्डारी ,,चारका अध्यक्ष टेक बहादुर राेकाय , पाँचका अध्यक्ष गरिवे शेष,छ का अध्यक्ष फारुक शेष ,सातका अध्यक्ष रामगाेपाल यादव , कार्यपालिकाका सदस्यहरु लगाएतका सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण समृद्धिका लागि वन परियोजनाका फोकल प्रसन एवं पालिकाका योजना शाखा प्रमुख केशव बुढा , सायक लेखपाल भिमराज पाैडेल वन प्रविधिक नेत्रलाल महतराले गर्नुभएको थियो । सन् २०२१ मा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएर यो परियोजना लागू भएको हो । यो परियोजनाले वनको दिगो व्यवस्थापन, वनबाट हुने फाइदा वृद्धि गर्ने, वन नभएको पालिकामा वन विस्तार गर्ने, सार्वजनिक जग्गामा वन विस्तार गर्ने, हरितगृह ग्याँस उत्सर्जनलाई न्यूनीकरण गर्नेलगायत लक्ष्य लिएको छ । हरितगृह ग्याँस उत्सर्जनलाई न्यूनीकरणका लागि मधेशका २५ र लुम्बिनी प्रदेशका २५ पालिकाहरू छनौट गरिएको छ ।