सूचना तथा समाचार
खजुरा गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरु संग शितभण्डारन सम्बन्धि छलफल !!!
खजुराका सहकारी अध्यक्षहरुकाे सहभागीतामा खजुरा गाउपालिका वडा न.५ मा अवस्थित शीत भन्डार सन्चालन सम्बधी बिशेष अन्तर्कृया कार्यक्रम खजुरामा सम्पन्न भएकाे छ। खजुरा गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरु संग शितभण्डारन सम्बन्धि छलफल गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक उपाध्यक्ष मन्जु मल्ल ,प्रमुख प्रशासकीय अर्जुन सुवेदी, वडा अध्यक्ष ,कार्यपालिका सदस्य खजुरामा रहेका सम्पुर्ण सहकारीका अध्यक्ष ,तथा प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियोे ।कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई उपयुक्त तापक्रम र सापेक्षित आद्रता भएको कक्षमा निश्चित समयसम्म भण्डारण गरी बजारको माग अनुसार बजारमा आपूर्ति गर्ने तथा उत्पादन उपरान्त हुने नोक्सानीलाई कम गरी कृषकको आम्दानी बढाउने उद्देश्यले खजुरा गाउँपालिका–५ उढरापुरमा निर्माण गरेकाे शित भण्डार गाउँपालिका र सहकारी सञ्जालको संयुक्त सहकार्यमा शित भण्डारले खजुरा क्षेत्रलाई कृषि प्रवद्र्धनमा थप सहयोग पुग्ने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभयो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
