खजुरा गाउँ पालिका नागरिक आरोग्य सेबा केन्द्र खजुरा बाँकेको आयोजनामा खजुरा गाउँ पालिका वडा न.५ को उढरापुर स्वास्थ्य चौकीमा स्तनपायी आमा तथा नबजात शिशुको सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ |
बाँकेको खजुरा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । हाम्रो सम्मान परियाेजना तथा माइती नेपालको प्राविधिका सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे SIMS प्रविधि मार्फत डिजिटल अपाङ्गता परिचय पत्र वितरण कार्यको समवात गरेको हो । गाउँपालिका भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक,अपाङ्गता व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।
बाँकेको खजुरा गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । सुचना प्रविधी क्षेत्रमा बिश्वमा भएका प्रबिधिहरुको प्रयोग गर्दै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले हाजिरी लगाएर उक्त प्रविधीको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा डिजिटल हाजिरी सिस्टम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । अवको युगमा हाजीरी प्रणालीलाई छिटो छरीतो र भरपर्दो बनाउनु पर्नेमा जोड दिइएको अध्यक्ष विकले बताउनु भयो ।