सूचना तथा समाचार
खजुरामा क्षयरोग बिरामीहरुलाई पोषण प्याकेज वितरण
‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्य नारासहित खजुरा गाउँपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा अभियानअन्तर्गत आईतवार पोषण प्याकेज वितरण कार्य शुरु गरिएको हो ।
खजुरा गाउँपालिका वडा नम्बर १देखि ८वडाका क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज वितरण गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक(तुफान),उपाध्यक्ष मन्जु मल्ल , समाजिक विकास संयाेजक कृष्ण कुमारी पोखरेलले संयुक्तरुपमा पोषण सामग्री प्रदान गर्नुभएको थियोे ।
स्वास्थ्य शाखा प्रमुख दिपक ढकालका अनुसार चामल , बदाम, दाल,चना , तेल ,अण्डा एक क्यारेट प्रदान गरिएको हो ।
अहिले स्वास्थ्य शाखामा थप कर्मचारी राखेर क्षयरोगी खोजी क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था रहेको र खजुरा गाउँपालिकालाई क्षयरोगमुक्त गाउँपालिका बनाउने अभियान थालिएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।
खजुरा गाउँपालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, गाउँपालिका र वडास्तरमा समिति गठनलगायतका याेजना रहेकाे खजुरा गाउँपालिका अध्यक्ष विकले बताए ।