खजुरा गाउँपालिकाले पशु सेवा शाखा विस्तार गर्दै गाउँपालिकाका विभिन्न वडाका नागरिकलाई अब घर नजिकै सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। नयाँ शाखा आइतबार , सितापुरमा उद्घाटन गरिएको हो। यस शाखाले स्थानीय कृषक र पशुपालकहरूको लागि पशु चिकित्सा र अन्य सेवा सुविधाहरूको पहुँच सजिलो बनाउनेछ।गाउँपालिका प्रवक्ता र वडा नं. २ का अध्यक्ष धनीराम वलीका अनुसार, “यो शाखा स्थापना गरेर हामीले नागरिकहरूको सेवामा सुधार ल्याउने उद्देश्य राखेका छौं। अब वडा नं.
सूचना तथा समाचार
ग्यालरी
खजुरा गाउँपालिकाको आयोजनामा आज बिहान १८ औं गणतन्त्र दिवसको अवसरमा इलाका प्रहरी कार्यालय धनौली देखि खजुरा बहुउद्देश्यीय सभाहल सम्म बाजागाजा सहित र्याली लिकालिएको थियो ।र्याली स्थानीय बाजागाजा सहित पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजिबि, नागरिक समाज, स्वास्थ्यकर्मी लगाएतको उपस्थितिमा रहेको थियो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क र सहिद सेतु बि.क को श्रीमान शेर बहादुर बि.क.ले सहिद सेतु बि.क.को शालिकमा माल्यार्पण गरि र्याली निकालिएको थियो ।खजुराको बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले `संघिय गणतन्त्र ल्याउन नेपाली
खजुरा गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनमा मानव बेचबिखन तथा ओसार पसार विरुद्व विद्यालय शिक्षक तथा छात्र छात्राको क्षमता विकास तालिम सम्पन्न ।।
खजुरा गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा १ देखि ८ वडा सम्मका खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छ्ता ( वास) योजना तर्जुमा सम्बन्धि अन्तरकृया तथा अभिमुखिकरण सम्पन्न भएको छ।
बाँकेको खजुरा गाउँपालिकाले अपाङगता भएका व्यक्तिको ३३ अन्तराष्ट्रिय दिवस अन्तरक्रिया गरेर मनाएको छ । गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा समावेशी तथा दिगो भविष्यको पुर्वाधार, अपाङगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नारा सहित अन्तरक्रिया गरेको हो ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लको अध्यक्षतामा भएको अन्तरक्रियामा पालिका अध्यक्ष डम्बर बहादुर बिकले अपाङगता भएका व्यक्तिको लागि सरकारी कार्यालयहरु अपाङग मैत्री निर्माण गरिसकेको भन्दै सोहि अनुरुप सेवा प्रदानको कार्यलाई पनि पहिलो प्राथमिकतामा राख्दै आइरहेको बताए ।
खजुरा गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा पालिका स्तरीय किशोरी क्लबको क्षमता विकास तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बाल क्लब तथा किशोरी क्लबका सदस्यहरुलाई बाल अधिकार तथा जीवनउपयोगी सीप सम्बन्धित तालिम सम्पन्न भएको छ।
खजुरा गाउँपालिकाको आयोजनामा आ.व.२०८०/२०८१ वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पालिका जनप्रतिनिधि,शाखा प्रमुख तथा वडा सचिव ज्युहरु उपस्थिति रहेको थियो भने शाखा प्रमुख र वडा सचिव ज्यूहरुले शाखा तथा वडा कार्यालयले आ.व.२०८०/८१ मा गरेका कामहरुको बारे प्रस्तुतिकरण गरेका थिए।
खजुरा गाउँपालिकामा रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेजका कृषि ईन्टर्न बिद्यार्थीहरु कृषकको घर दैलोमा तथा कृषकको खेत बारीमा कृषकको समस्या बुझ्न,माटो परिक्षण गर्ने र कृषि सम्बन्धि सुझावहरु दिएका झलकहरु ।।
खजुरा गाउँपालिका सहकारी शाखा को आयोजनामा पालिका अन्तर्गत रहेका सहकारी संस्थाहरुलाई ४ दिने कोपोमिस तालिम संचालन गरि सम्पन्न गरेको छ।
‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्य नारासहित खजुरा गाउँपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा अभियानअन्तर्गत आईतवार पोषण प्याकेज वितरण कार्य शुरु गरिएको हो ।
खजुरा गाउँपालिका वडा नम्बर १देखि ८वडाका क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज वितरण गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक(तुफान),उपाध्यक्ष मन्जु मल्ल , समाजिक विकास संयाेजक कृष्ण कुमारी पोखरेलले संयुक्तरुपमा पोषण सामग्री प्रदान गर्नुभएको थियोे ।