बाँकेको खजुरा गाउँपालिकामा वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन परियोजना सुरु भएको छ । वनजन्य उद्योग विकास तथा प्रवदर्द्धनका लागि परियोजना सुरु भएको हो । वनलाई प्राकृतिक,आरक्षित वा संरक्षित, सामुदायिक, सार्वजनिक, निजी र कृषि वनमा विभाजन गरी यो यरियोजना संचालनमा आएको हो । यही परियोजनालाई सफल पार्नका लागि आज खजुरा गाउँपालिकामा समृद्धिका लागी वन परियोजना वन,वातावरण तथा वन उद्यम सम्बन्धी निर्वाचित जनप्रतिनिधिहरूको लागी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष विकले गाउँपालिकामा लागुभएको
सूचना तथा समाचार
ग्यालरी
बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बिहीबार खजुरामा आयोजना गरिएको घोषणा समारोहमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख विकले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य
खजुरा।बाँकेकाे खजुरा गाउँपालिकाले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १ दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।खजुरा गाउँपालिकाको महिला तथा बालबालिका शाखाकाे आयाेजनामा बुधबार उक्त शिविरको आयोजना गरेको हो ।भेरी अस्पताल नेपालगन्जका महिला राेग बिशेषज्ञ डा.
खजुरा गाउँ पालिका नागरिक आरोग्य सेबा केन्द्र खजुरा बाँकेको आयोजनामा खजुरा गाउँ पालिका वडा न.५ को उढरापुर स्वास्थ्य चौकीमा स्तनपायी आमा तथा नबजात शिशुको सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ |
बाँकेको खजुरा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । हाम्रो सम्मान परियाेजना तथा माइती नेपालको प्राविधिका सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे SIMS प्रविधि मार्फत डिजिटल अपाङ्गता परिचय पत्र वितरण कार्यको समवात गरेको हो । गाउँपालिका भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक,अपाङ्गता व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।
बाँकेको खजुरा गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । सुचना प्रविधी क्षेत्रमा बिश्वमा भएका प्रबिधिहरुको प्रयोग गर्दै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले हाजिरी लगाएर उक्त प्रविधीको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा डिजिटल हाजिरी सिस्टम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । अवको युगमा हाजीरी प्रणालीलाई छिटो छरीतो र भरपर्दो बनाउनु पर्नेमा जोड दिइएको अध्यक्ष विकले बताउनु भयो ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेबा केन्द्र को आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अनतर्गत आयुर्वेद स्वास्थ्य , स्वस्थ जिबनशैली , स्थानिय स्तरमा पाइने medicine plant र योग शिक्षा सम्बन्धि खजुरा गा.पा वडा नं १ को मैटहबा माध्यमिक विद्यालय अध्यनरत कक्षा ९- १२ का बिद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रम समपन्न भएको छ |
खजुरा गाउँपालिकाको गाउँ सभाको १२ औँ अधिवेशन २०७९|९|२४ गते शुभारम्भ भएको छ | सभाले आ.व २०७९|८० को अर्धवार्षिक समिक्षा, खजुरा गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९,खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९,खजरा गाउँपालिकाको नगर प्रहरी सम्बन्धी ऐन, २०७९,खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ प्रस्तुत भएको थियो | साथै खजुरा गाउँपालिका विभिन्न वडा तथा शाखाका कार्यक्रम,योजना संशोधन भई पारित भएको भने अन्य विषयमा मिति २०७९|९|२९ गते छलफल हुने भएको छ |