बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बिहीबार खजुरामा आयोजना गरिएको घोषणा समारोहमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख विकले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य