खजुरा गाउँपालिका अन्तर्गत वडा नं. ६ उढरापुरमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले प्राविधिक विधालय भवनको शिलान्यास गर्नु भएको हो | खजुरा गाउँपालिकामा रहेका ८ वडाका वडाध्यक्षहरुको लागि सवारी साधन खरिद गर्न छुट्याइएको ३० लाख रुपैयाँ वडाध्यक्षहरुले नलिएर शैक्षिक त्यो पनि प्राविधिक शिक्षाका लागि लगानी गर्ने बताएपछि स्थानीय तहले १० लाख थपेर उढरापुरमा प्राविधिक शिक्षालय खोल्ने निर्णय गरेको थियो ।
स्वरोजगार संचालन गरि आय आर्जन गर्न इच्छुक बेरोजगार युवाहरुले स्थानीय तहमा स्वरोजगार भई अन्य बेरोजगार युवाहरुलाई रोजगार सम्बन्धि प्रेरित गर्नलाई यस खजुरा गाउँपालिकाले प्रस्ताव आव्हान गरेको छ |